ललितपुर खबर २५ जेठ ०७९, चापागाँउ । ललितपुरको चापागाँउ बजारदेखि ज्योति विहारदेखि बुलु पाउली सम्म सडक ढलान सुरु गर्न लागिएकाले सडक अवरुद्ध हुने भएको छ । चापागाँउको ज्योतिविहारदेखि बुलुसम्म बस्ती रहेको छ । बस्ती भएको ठाँउमा कालोपत्र गर्दा ग्राइभेल पेल्न कच्ची घरहरु ढल्ने भन्दै स्थानीयले नदिदा सडक बलियो नभएकोले नगरपालिकाको समन्वयमा ढलान गर्न लागिएको हो…