ललितपुर ललितपुरको इमाडोलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ४ इमाडोल भण्डारी मार्गमा रहेको उनको डेरामा रामेछाप घर भएका ३५ वर्षीय यमबहादुर श्रेष्ठको शव भेटिएको छ । आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।