काठमाडौँ काठमाडौँ महानगरपालिकाले दुई सय ९२ वटा सवारीसाधनको प्रदूषण जाँच गर्दा एक सय ७४ वटा अर्थात् ६० प्रतिशत सवारीसाधन प्रदूषण फेल भएका छन् । यसमध्ये पेट्रोलबाट चल्ने ७१ सवारी साधन जाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने दुई सय २१ वटा जाँच गर्दा एक सय ६० वटा फेल भएको कामपाले जानकारी दिएको छ…