३० चैत ०७८, काठमाडौं । जर्मन महारथी क्लब बायर्न म्युनिखलाई दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोक्दै स्पेनिस क्लब भिल्लारियल १६ वर्षपछि युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति १–१ को बराबरीमा खेल सकिए पनि पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० अन्तरले पराजित गरेको थियो । समग्रमा भिल्लारियल २–१ अन्तरले विजयी भयो ।…