काठमाडौं । साउन महिनामा पशुपतिनाथ मन्दिरमा हुने भक्तजनको अत्यधिक भीडलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी गरेको छ। कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीका अनुसार साउनको सोमबार र शनिबार विशेषतः ठूलो संख्यामा भक्तजन आउने भएकाले त्यसका लागि सुव्यवस्थित व्यवस्थापन गरिनेछ। कोष सञ्चालक परिषद्का सदस्यहरूलाई समेत अनुगमनमा खटाइने तयारी छ। धार्मिक, सांस्कृतिक…