काठमाडौं । आफूलाई काठमाडौं महानगरपालिकाको फोहोर मैलाको कर्मचारी भएको भन्दै १३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ घर भइ काठमाडौं महानगरपालिका–६ बसोबास गर्दै आएका २८ वर्षीय राजु लामा रहेका छन्। प्रहरीका अनुसार लामाले काठमाडौं महानगरपालिका–३१ स्थित वडा क्षेत्रमा आफू महानगरपालिकाको फोहोर व्यवस्थापन शाखामा कार्यरत…