ललितपुर । ललितपुर महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाले शुक्रबार आफनो नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो। रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ। आज जारी गरेको एक सूचनामा भनिएको छ,‘महानगरपालिकाको नगरकार्यपालिकाको १८ गतेको बैठकबाट महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको…