चापागाँउ दक्षिण ललितपुरको बिर्केधारा दलचोकी ठोस्ने खोला सडकमा अत्याधिक धुलो उडाएको भन्दै कोञ्ज्योसोम २ दलचोकीका वडाध्यक्ष तिकबहादुर भोम्जनले याङ्ला कन्ट्रक्सनलगायतलाई सूचनामार्फत चेतावनी दिएका छन् । पछिल्लो समय विर्केधारा सडक विस्ता भइरहेको छ । सडक विस्तारका क्रममा निर्माण कम्पनीले धुलो नियन्त्रणका लागि पानी राखेर काम गर्नु पर्नेमा त्यसो नगरेको स्थानीयबासीको अत्याधिक गुनासो आएपछि चेतावनी दिएको वडाध्यक्ष…