११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका राईसहित ठगी अभियोग लागेका तीनजना पक्राउ



काठमाडौँ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा ललितपुरका रामकुमार  राई तीन जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बिहीबार ती अभियुक्तहरुलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाइएको छ ।
प्रहरीका अनुसार अभियुक्तत्रय महोत्तरी सम्सीपालिका १ जटाधर राउत, सोलुखुम्बुको थुलुङपालिका ३ का थमराज नेपाली र ललितपुरको महालक्ष्मी नगरपालिका १ का रामकुमार राईलाई पाँच जना पीडितबाट उक्त रकम ठगेका हुन् ।
अभियुक्तहरुले बेलायत र रोमानियामा आकर्षक तलब पाइने भन्दै पीडितहरुबाट विभिन्न समयमा लाखौँ रुपैयाँ लिएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।