काठमाडौं । काभ्रेको बनेपामा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । हाल नामथर, वतन खुल्न नसकेका अन्दाजी २५/२६ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपा नगरपालिका-१० पुलबजारस्थित सडकमा बा ५ ख ३२४६ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा…