काठमाडौं । काठमाडौं माइतीघरमा रक्षामन्त्री मानवीर राईको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । आइतबार बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबार तर्फ गएको थियो। तर रक्षामन्त्रीलाई मन्त्रालयमा छाडेर गाडीका चालक फर्किएर मोटरसाइकल चालकसँग सहमती गरिसकेको ट्राफिक प्रहरी प्रवक्ता एसपी संजयबहादुर राउतले बताएका छन्…