२२ असोज । वर्षाका कारण अवरुद्ध काठमाडौँ-हेटौँडा जोड्ने छोटो दूरीको कान्तिलोकपथ गएरातिदेखि खुलेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटार र ललितपुरको बागमती गाउँपालिका–२ वगुवास्थित बागमती खोलामा रहेको पुलको केही भाग बाढीले बगाएपछि अवरुद्ध कान्तिलोकपथ मार्गमा सोमबार राति १०ः३० बजेबाट सञ्चालनमा भएको हो । यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका छन्…