१४ साउन । थापाथलीको पुलमुनि १७ असारमा मृत भेटिएका एक पुरुषको हत्या भएको खुलेको छ । काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती नदीको पुलमुनि १७ असारको अपरान्ह ५ बजेतिर मृत फेला परेका व्यक्ति कञ्चनपुरका गोविन्द बोहरा रहेको खुलेको थियो । १५ असारदेखि बेपत्ता गोविन्द हराएपछि काका महेशबहादुर बोहराले खोजी गरिदिन प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।…