१७ फागुन । मिटरब्याज पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी जुलुस निकालेका छन्। उनीहरुले ‘मिटरब्याज विरुद्ध न्याय मार्च’ का लागि भन्दै सिट्ठी जुलुस निकालेका हुन्। पीडितहरुले विभिन्न ६ बुँदे माग राखेर पुनः राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएका हुन्। सरकारसँग भएको सहती अनुरुप आफ्ना माग पूरा नभएको भन्दै विभिन्न जिल्लाका पीडितहरू काठमाडौं आइपुगेका छन्। प्रहरीले माइतीघर मण्डलामा भेला हुन…