२८ माघ । सेवाग्राहीबाट १५ लाख रूपैयाँ घुससहित पक्राउ परेका वडाध्यक्ष नृपेश बादे धरौटीमा रिहा भएका छन्। काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादेलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले १५ लाख रूपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको हो। आइतबार भएको बयान र थुनछेक बहसपछि अदालतले…