९ साउन । काठमाडौं महानगरपालिका-२६ ठमेलमा रहेको एक होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन्। ठमेलको ज्याठास्थित जिउ डिङ स्याङ होटेल एण्ड रेस्टुरेन्टमा चिनियाँ नागरिक साङ्गे साङ्गपो मृत भेटिएका हुन्। उक्त होटलको तेस्रो तलाको कोठमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको मृत्युबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।