४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


दक्षिण ललितपुरको कोञ्ज्योसोममा संरक्षित जनावर भालु मारेको अवस्थामा फेला



‘म पानीमा भालुको खोपडी भेट्न झरनामा हाम फालेँ, उसको हात जमिनमा केही फिट बाहिर काटिएको थियो। यो क्रूर अपराध केही हप्ता/दिन अघि मात्र भएको थियो

२९ साउन । दक्षिण ललितपुरको कोञ्ज्योसोममा घुम्न जाने क्रममा संरक्षित जनावर भालु मारेको अवशेषहरु फेला परेको छ ।
फोटोपत्रकार स्कन्द गौत्तमको टोली कोञ्ज्योसोमको एक झरनामा मारेर फ्याकिएको अवस्थामा भालुको खापडी र खुट्टाको अवशेषहरु फेला पारेका हुन् ।
फोटोपत्रकार गौत्तमले सामाजिक सञ्जालमा तस्विर र भिडियो पोष्ट गर्दै ‘ललितपुरको भ्रमणको क्रममा निकै दुःखदायी अनुभव गरेको’ कुरा पोष्ट गरेका छन् ।

 

म एक पशु प्रेमी र मालिकको रूपमा आज धेरै भारी हृदय थियो । हामी यी निर्दोष आत्माहरूलाई कसरी मद्दत गर्ने ?

उनले भनेका छन्,‘म पानीमा भालुको खोपडी भेट्न झरनामा हाम फालेँ, उसको हात जमिनमा केही फिट बाहिर काटिएको थियो। यो क्रूर अपराध केही हप्ता/दिन अघि मात्र भएको थियो ।’
स्रोतलाई उदृत गर्दै फोटोपत्रकार गौत्तमले कोञ्जयोसोम गाउँपालिका निर्दोष जनावरको शिकार र हत्याका लागि कुख्यात रहेको लेखेका छन् । काँचो मासु बिक्री हुने चर्चा सामान्य लेख्दै सबै विवरणहरू अझै थाहा हुन र स्थानीय अधिकारीहरूसँग पुष्टि हुन बाँकी रहेको उनको भनाई छ । ‘म एक पशु प्रेमी र मालिकको रूपमा आज धेरै भारी हृदय थियो । हामी यी निर्दोष आत्माहरूलाई कसरी मद्दत गर्ने ?’ उनले प्रश्न गरेका छन् ।

 

मैले डिएफओसँग पनि कुरा गरे । त्यो हाम्रो क्षेत्र नभई काभ्रेतिर हो भन्ने कुरा आएको छ

महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपि कृष्ण कुमार चन्दले भालुको खोपडी भेटिएको ठाँउ आफ्नो सुरक्षाको अधिकार क्षेत्रभित्र नपर्ने बताए । उनले भने, ‘मैले डिएफओसँग पनि कुरा गरे । त्यो हाम्रो क्षेत्र नभई काभ्रेतिर हो भन्ने कुरा आएको छ ।’
कोञ्ज्योसोमको झरना भएपनि सिमानामा काभ्रेमा पर्ने ललितपुर जिल्ला वन कार्यालयका प्रमुख राम कुमार भण्डारीले बताए । उनले भने, ‘मैले खबर गरिदिएको छु ।’
भालुको पित्त अबैध रुपमा चोरी निकासी हुने भएकाले घटना भएको हुनसक्ने सुरक्षा अधिकारीहरुको आशंका छ ।

हेर्नुस् भिडियो : (भालुको मृत अवशेष भिडियोको अन्तमा खिचिएको छ ।)

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ३ : १३ बजे