काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै किर्ते कागज बनाएर धम्क्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको तारकेश्वर बस्दै आएका डोटीको शिखर नगरपालिका–४ का ऐभानबहादुर महरालाई टुसाल चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका महराका साथबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राज्यमन्त्रीको सचिवालयका किर्ते लेटरप्याड बरामद…