ललितपुर, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको अवलोकन तथा निरीक्षण गरेका छन् । दाहाल आफ्ना छोरीहरु रेणु र गंगा दाहाल साथै सचिवालयका सदस्यहरूसहित यहाँ आइपुगेका हुन् । दाहालले चिडियाखाना अवलोकन गर्दा कुनै तामझाम नै नगरी सामान्य नागरिक सरह भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. नरेश सुवेदीले जानकारी दिए…