२ मङ्सिर ०७७, ललितपुर । ललितपुर, ललितपुर नगरपालिका १२ धापाखेल बस्ने हृदय बहादुर घिमिरेको घरबाट सुनका विभिन्न गरगहना र मोती डाईमनको गरगहना समेत गरी करिब ३० लाख ७० हजार रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ । ललितपुर, महालक्ष्मी नगरपालिका ५ लुभु शितल हाइट बस्ने बालकृष्ण मगरको टहराबाट नगद १ लाख रुपैयाँ, चाँदीका गरगहना लगायत…