१७ असोज ०७७, काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय ७७ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्व्र गौत्तमले काठमाडौंका १ हजार १ जना, भक्तपुरका ६७ र ललितपुरका १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका…