८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भद्या गीतले लोक संगीतप्रति वितृष्णा जगाउन सक्छ ः मिठाराम केसी


३० आश्विन २०७७, शुक्रबार  

0
Shares


मिठाराम केसी ललितपुरका गायक तथा जनप्रतिनिधि हुन् । लोक तथा लोक दोहोरी गीत संगीतमा संक्रिय केसीका ललितपुरको चिनारी र भर्खरै प्रशारणमा आएको गल्ती नगर चर्चामा छन् । केसीको साँगेतिक जीवनबारे हामीले केही प्रश्नहरु सोधेका छौं ।
केसी लोक दोहोरी प्रतिष्ठान ललितपुरका अध्यक्ष समेत हुन् ।

गीत संगीतमा कहिलेदेखि सक्रिय हुनुहुन्छ ?
गीत संगीतमा औपचारिक रुपमा प्रवेश त २०३६ सालदेखि नै हो । रेडियो नेपालमा प्रवेश गर्न पाइयो । रेडियो नेपालमा प्रतियोगितात्मक गीत पनि गाएको छु ।
चर्चामा रुहेको गीत कुन् कुन् छन् ?
पछिल्लो समयको ललितपुरको चिनारी केही चर्चामा रह्यो । भर्खरै निस्केको गल्ती नगर पनि विस्तारै चर्चाको रुपमा अघि बढेको पाएको छ ।

मैले गाएको चर्चामा आउनुपर्ने गीतहरु धेरै छन् । जनताको पक्षका जनवादी गीतहरु गाउन रुचाउछु । धेरै संगीतहरु देउसी भैलोका छन् ।
रेडियो नेपालमा ३÷४ वटा रेकर्ड भएका गीतहरु छन् । कतिपय प्रतियोगितात्मक गीतहरु पनि गाइयो ।
रेडियो नेपालमा स्वर परिक्षा कहिले पास गर्नु भएको थियो ?
२०५१ सालमा मैले स्वर परिक्षा गरेको हुँ । रेडियो नेपालले हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस भव्य रुपमा मनाउथ्यो । जिल्लाव्यापी प्रतिश्पर्धामा म ललितपुरको प्रतिनिधित्व गरेर गाउथे ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल २०५८ सालमा गठन भएको हो । २०६८ सालमा मात्रै ललितपुर जिल्लामा शाखा गठन भएको हो । त्यसताका मेरै नेतृत्वमा शाखा गठन भएको थियो । अहिले म तेश्रो कार्यकाल चलिरहेको छ ।
ललितपुरमा लोक संगीतको अवस्था कस्तो छ ?
यहाँ गीत संगीतको अवस्था पहिले देखि नै राम्रो छ । यहाँ अगुवा गायक गायिकाहरु जन्मेको ठाँउ हो । यहाँ आधुनिक, लोक, नेवारी, तामाङ्ग सेलो गाउने कलाकारहरु छन् । तर ललितपुरकै गायिक भनेर कसैले चिन्न सकेको छैन ।
पछिल्ला दिनहरुमा ललितपुर जिल्लामा लोक संगीतको क्षेत्रमा प्रगती र जागरण कस्तो छ ?


पछिल्ला दिनमा गीत संगीतको क्षेत्रमा लागेर आर्थिक उपार्जन गर्न साह्रै कठीन छ । नामका लागि गाउने प्रवृति बढ्दो छ । गीत संगीतको क्षेत्रमा पनि उत्तिकै प्रतिश्पर्धा छ । तर केही गीतहरु अश्लिल र पचाउनै कठीन खाले पनि आउन थालेको छ ।
यस्ता खाले गीत संगीतले नेपाली संस्कृति विगार्ने मात्रै नभई समाज नै विकृत बन्ने खतरा छ ।
बजारमा अश्लिल र विकृतपूर्ण गीत संगीतहरु आइरहेका छन् । यसलाई रोक्न तपाई र तपाईको प्रतिष्ठानले के काम गरिरहेको छ ?
उत्श्रृखल र अश्लिल गीतहरुले पछिल्ला दिनमा बजारमा आउदै छन् । लोक दोहोरी गीतमा पनि यो प्रवृती बढ्दो छ । यसलाई रोकेर नेपाली लोक संगीतलाई कलात्मक र सुसंस्कृत बनाउनु जरुरी छ । यस्ता गीतले समाज नै विकृत बनाउछ भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरिरहेका छन् । यस्तो प्रवृति लोक दोहोरीमा समेत देखिन थालेको छ ।
यी भद्या गीतहरुले समाजमा लोक गीत संगीतप्रति वितृष्णा जगाउन सक्छ भन्ने विषयमा हामी सजक छौं । तर मेरो व्यक्तिगत कुरा गर्ने हो भने मैले आफूलाई चिनाउन नेपाली लोक गीत संगीत बचाउनकै लागि योगदान दिइरहेको छु ।

पछिल्ला दिनमा लोक संगीतको क्षेत्रमा प्रगति र जागरण कस्तो छ ?
म आफूले धेरै लोक जनवादी गीत गाएको छु । उत्ताउलो गीत अहिलेसम्म गाएको छैन । लोक संगीतको भविश्य राम्रो छ । तर विकृती विसंगती बढेर जाने हो भने दुर्घटना न होला भन्न सकिन्न ।
हामी प्रतिष्ठानमा रहेका साथीहरुसँग यो विषयमा सजक छौं । हामीले गीत संगीतलाई विकृत बनाइरहेका छैनौ. । बरु प्रातिष्ठानका केन्द्रका पदाधिकारीहरुलाई देशभर यो अवस्था आउन नदिन घच्घचाइरहेका छौं ।
तपाई एक जनप्रतिनिधिको रुपमा समेत काम गरिसक्नु भएको छ। गीत संगीतमा लागेर अहिले राजनीति विर्सनु भएको की ?
राजनीति बिर्सेको छैन । हिजो धेरै संर्घष गरेर म राजनीतिमा आएका हुँ । हामीले राजनीति गरेवापत लाठी खाएका छौं । सबै कुरा छोडेर घर, परिवार, व्यावसाय र जागिर सबै त्यागेर राजनीतिमा लागेको हो । मैले जति त्याग गरेर ज्यानको बाजी लगाएर संर्घण गर्ने ललितपुरमा अरु १÷२ जना मात्रै होलान् । ज्यानको बाजी लगाएर सडकमा आन्दोलनमा जाने टाउकोमा गोलीको प्वाल छ । सडकमा रगत बगाएको छु । हरेक नसा नसामा रगतमा राजनीति छ । मैले कसरी राजनीति छोड्न सक्छु ?

हिजोको राजनीति र आजको राजनीतिमा के फरक पाउनु भएको छ ?
हिजो र आजको राजनीतिमा फरक पाइयो । हिजो हामी सबै कुरा त्यागेर संर्घष गरेर राजनीतिमा लाग्थ्यौं । आज सबै कुरा लुड्याएर, सोरेर हाफ्नो खल्ती भरेर मात्रै राजनीतिमा लाग्छन् । तपाई नै भन्नुस यो फरक हो की होइन ।
हामीले दालमोठ चिउरा खाएर जुत्ताको तलुवा फटाएर राजनीतिमा लागेका हुन्थ्यौं ।
म लेले गाविसको अध्यक्ष भए ताका पहिले आठ सय रुपैया भत्ता थियो । कार्यकाल सकिदा १५ सय परिश्रमिक थियो ।
तर आज का जनप्रतिनिधिहरु दिनमै दुई चार हजार खर्च गरिरहेको देखिन्छ । त्यसैले म राजनीतिबाट ओझेल पर्दै गइरहेको देखिएको हो । हिजोको राजनीतिको दुख थियो । आज सुख सयल छ ।
अवको योजना के छ ?
भोली के होला त्यो समयले नै बताउला । समय अनुसार जनताको पक्षमा काम गर्ने अवसर पाए फेरि राजनीतिमा आउन पनि सक्छु । होइन मैले आसेपासेहरका लागि राजनीति गर्ने अवस्था आयो भने राजनीतिमा नआउन पनि सक्छु ।
सोध्न छुटाउको केह िकुरा भन्नु छ की ?
गीत संगीतको माध्यमबाट देशको सेव ागर्ने रहर अझैं मरेको छैन । लोक संस्कृती जोगाउन, आफू जन्मेको जन्मभूमिका लागि केह ीगर्ने रहर मरेको छैन ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ४२ बजे