११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ग्वार्को आगलागीमा परेका सञ्जयको पनि मृत्यु, मृत्युको संख्या चार पुग्यो



६ जेठ । गतमहिना ललितपुर महानगरपालिका १७ ग्वार्को बाफलमा आगलागीमा परेर घाइते सञ्जय गिरीको पनि उपचारको क्रममा मृत्यु भएको छ ।
ललितपुर जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गिरीको शनिबार किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गत वैशाख २१ गते आगलागीमा परी गम्भीर घाइते भएका उनको परिवारका ३ सदस्यको यसअघि नै मृत्यु भइसकेको छ ।
घटनासँगै उक्त आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । उनकी श्रीमती रुपाको पनि उपचारकै क्रममा  मृत्यु भएको थियो भने घाइते दुई छोरी ८ वर्षीया अलिशा र ४ वर्षीया प्रियाको वैशाख २६ गते मृत्यु भएको थियो ।
सक्त घाइते सञ्जयको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
ललितपुर महानगरपालिका–१७ बाफलस्थित एउटा टिनले छाएको टहरामा आगलागी हुँदा उनको परिवारका ५ जना घाइते भएका थिए ।

उनका भतिजा नित गिरी सामान्य घाइते भएको र उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको एसपी सुवेदीले जानकारी दिए ।
उक्त दिन मोबिल हाल्ने क्रममा लाइटर बाल्दा आगलागी भएको बताइएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ७ : २४ बजे