ललितपुर । पूर्वश्रीमतीले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीका इन्सपेक्टर दिनेश गुरुङ पक्राउ परेका छन्। ललितपुर प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी चक्रराज जोशीका अनुसार अदालतले गुरुङलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ। केही दिनअघि गुरुङ पूर्वश्रीमतीको घर पुगेपछि…