काठमाडौं । काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा आगलागीका घटनाहरू डरलाग्दो रूपमा बढेको पाइएको छ । तीमध्ये अधिकांश घटना बिजुलीका पोलमा तार सर्ट भएर भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले सार्वजनिक गरेको वार्षिक कार्य प्रगति प्रतिवेदनअनुसार एक वर्षको अवधिमा राजधानीमा कुल २ हजार ७२२ वटा आगलागीका घटना रेकर्ड भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका…