२५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको भनेर दिएको अभिव्यक्तिबारे संसदमा प्रष्टीकरण दिएका छन् । उनले उक्त अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरे । उनले भावनामा बगेर त्यो कुरा बोलेको बताए । आफूमाथि उठेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका…