काठमाडौँ दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ आगामी चैत १ गते प्रदर्शन हुने घोषणा गरिएको छ । ‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता चलचित्र निर्देशन गरेका सफल निर्देशक रौनियारले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा चलचित्र तयार गरेका छन् । ‘राजागञ्ज’मा आशा मगराती, पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई,…