ललितपुर । ललितपुरको लविम मलस्थित क्यूएफएक्समा सोमबार साँझ गरिएको प्रिमियर शोबाट नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले उत्कृष्ट सुरुवात गरेको छ। प्रिमियरमा उपस्थित कलाकार, समीक्षक र दर्शकले फिल्मको कथा, प्रस्तुति, अभिनय र सस्पेन्सलाई प्रशंसा गरे। दर्शक र फिल्मकर्मीका अनुसार फिल्मले सुरुदेखि अन्त्यसम्म ‘के हुन्छ ?’ भन्ने कौतुहलता कायम राख्न सफल भयो। विशेषगरी महिला पात्रलाई केन्द्रमा…