११ वैशाख । कमेडी जनरामा निर्माण हुने चलचित्र ’भाइरल गोर्खे’ को शुभ मुहुर्त गरिएको छ । लमजुङको भुजुङ गाउँमा आज (मंगलबार) चलचित्रका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरु सौगात मल्ल, लक्ष्मी गिरीलगायतले शुभ मुहुर्त गरेका हुन् । शुभ मुहुर्तसँँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । शुभ मुहुर्तमा निर्माता लामिछानेले सामाजिक संजालले समाजमा पारेको…