काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच भएको ७ बुँदे सहमतिप्रति मनोरञ्जन क्षेत्रका कलाकार र क्रिएटरहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। फिल्म, संगीत, टेलिभिजन र डिजिटल कन्टेन्ट क्षेत्रका विभिन्न हस्तीहरूले यो सहमतिको स्वागत गर्दै शुभकामना दिएका छन् भने केहीले यसको भविष्य र वैचारिक पक्षमा प्रश्न पनि उठाएका छन्।…