ललितखबर १४ जेठ । ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको आर्थिक बर्ष ७९÷८० मा बेरुजु रकम शुन्यमा झार्न सफल भएको छ । देशभरका ७ सय ५३ स्थानीय तहमा ५ वटा गाँउपालिकाको बेरुजु शुन्य रहेकोमा कोञ्ज्योसोम पनि परेको गाँउपालिकाका अध्यक्ष कृष्णमान लामाले बताए । उनले पारदर्शी र नियमानुसार काम गरेको कारण शुन्य बेरुजु बनाउन सफल भएको ललितखबरलाई जानकारी दिएका…