३ असार २०८१, आइतबार | Sun Jun 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रधानमन्त्री प्रचण्ड हेलिकप्टर चढेर पुगे दक्षिण ललितपुरको कोञ्ज्योसोम, नवनिर्मित त्रिमूर्ति प्रतिमाको शुभारम्भ



ललितपुर
१० जेठ । प्र्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टर चढेर दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकास्थि तभारदेउ पुगेर त्रिमूर्ति प्रतिमाको शुभारम्भ गरेका छन् ।
त्रिमूर्ति प्रतिमाको प्राणप्रतिष्ठाका क्रममा गुरु रिम्पोचे
प्रधानमन्त्री दाहालले ठोट्नेखोलाको पानी प्रयोग गरी उपत्यकावासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको बताएका छन् ।

कोन्ज्योसोम गाउँपालिकाका केही वडालाई नयाँ सहरका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताए ।

प्रधानमन्त्री दाहालले यस क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटीखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी तीनवटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को हान्ने विश्वास व्यक्त गरे ।

काठमाडौँ उपत्यकाबाट नजिकको दूरीमा प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने स्थान कोञ्जोसोम भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवर्द्धन गरेर आयआर्जन गर्न सकिने बताए ।
“करिब ७८ प्रतिशत तामाङ समुदायको बसोबास रहेको यस कोन्ज्योसोम गाउँपालिकाको नामकरण स्थानीय पहिचान झल्किने गरी तामाङ भाषामा गरिएको छ”, प्रधानमन्त्री दाहालले भने, “यसबाट गाउँपालिकाभित्रका विविधतायुक्त संस्कृतिको प्रवर्द्धन हुनुका साथै प्राकृतिक एवं सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसमेत महत्त्वपूर्ण योगदान पुग्दै आएको छ ।”
कोन्ज्योसोम प्रतिमा निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहको भूमिका र योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारहरूको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको त्रिमूर्तिले यस क्षेत्रको ऐतिहासिकताको समेत प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे ।
प्रतिमा गएको ४ बर्षअघि गाँउपालिकाका अध्यक्ष गोपिलाल सिंतान रहँदा शुभारम्भ भएको थियो ।
दक्षिण ललितपुरको पर्यटकीय क्षेत्रको रुपमा परिचित यस ठाँउमा गुप्तेश्वर गुफा समेत रहेको छ । वैशाख शुक्ल पुर्णिमाका दिन यहाँ मेला समेत लाग्ने गर्दछ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ६ : ३६ बजे