ललितपुर ललितपुरको बंगलामुखीमा एकैविहानै चोरी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका ११ बंगलामुखी श्री गल्ली डेरा गरी बस्ने पुनम श्रेष्ठको कोठाबाट अज्ञात व्यक्तिहरुले १२ लाख रुपैयाँको सरसामान चोरी गरेर लगेका हुन् । उनको कोठाबाट सुनका गरगहना र नगद समेत गरी करिब ११ लाख ८६ हजार रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी गरेका थिए…