८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


झरिले ईटा क्षति,भाउ बढ्ने


१ फाल्गुन २०७५, बुधबार  

0
Shares

ललितपुर खबर
ललितपुर 
१ फागुन २०७५
निरन्तरको हिउदे झरिका कारण भट्टामा लाखौं इटा नष्ट भएको छ । ललितपुरको झरुवाराशी,हरिसिद्दि,लूभू लामाटार,छम्पी र लेलेलगायत फाँटमा ईटा भट्टा संचालित छन् । ती भट्टाहरुको क्षति संकलन भइरहेको व्यावसायीले बताउएका छन् ।
ललितपुर सुनाकोठीका आरएम इटा भट्टा संचालक रामेश्वर महर्जनले भने ‘निरन्तर झरि परेपछि आठ गतेदेखि ईटा नबनाएको छैन । क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ अहिले नै भन्न त सकिन्न । झण्डै पचाख लाख इटा घाटा भयो होला ।’ संगै रहेको लापा भट्टामा पनि १५ लाख विग्रेको कर्मचारी डिवि मगरले दावी गरे । एउटा ईटा विग्रदा व्यावसायीको झण्डै पाँच रुपयौं क्षति हुने अर्का कर्मचारी न्हुच्छेलाल महर्जनको तर्क छ । कर्मा विष्णु महेश्वर भट्टाका संचालक तथा ललितपुर ईटा व्यावसायी संघका अध्यक्ष प्रेमकृष्ण महर्जनले ललितपुरभर साडे तीन करोड क्षति भएको जानकारी दिए । झरिले इटा मात्रै नष्ट नभएको तर्क गर्दै अगाडि भने ‘झरिका कारण जम्मा १२ दिन काम भएन । यो पनि व्यावसायीको क्षति हो ।’
झरिका कारण भट्टामा ईटा क्षति हुँदा क्षतिपूर्ति हुने कुनै व्यावस्था छैन । इटा भट्टाले कुनै इन्सुरेन्स गरेको पाइदैन । शिखर इन्सुरेन्सबाट इन्सुरेन्स गर्ने प्रकृया भइरहेको  प्रेमकृष्णले ललितपुर खबरसँग जानकारी दिए ।
व्यावसायीको क्षति भए पछि स्वतः मूल्य बढ्ने अध्यक्ष प्रेमकृष्णको तर्क छ । उनी भन्छन्, ‘१२ दिन काम नहुदा बजारमा कम इटा आपूर्ति हुन्छ । बनेको ईटा नष्ट भएपछि आपूर्ति कम उसै हुने भइहाल्यो । माघ र आपूर्तिको असन्तुलनले बजारमा मूल्य बढ्ने निश्चित छ । उनले थपे घाटा खाएर व्यावसायीले काम गर्न सक्दैन । हल्ला फुल्का मूल्य बढ्छ ।’
बर्षापछि व्यावसायीको धेरै इटा नष्ट भएको तर्क गर्दै नाम नबताउने शर्तमा अर्का व्यावसायीले भने ‘अव इटाको मूल्य मूल्य बढाउनु पर्ने स्थिती छ ।’
ईटा व्यावसायीको मात्रै क्षति नभएको मजदुरहरुको दावी छ । झरुवाराशीमै ईंटा बनाउने अम्रिका प्रसाद भट्टा साहूले नगनेसम्म आफ्नै परिश्रम खेर जाने दावी गरे । गनेर चाङ्ग लगाएको इटामा समेत भट्टा र मजदुरको बराबर पैसा व्यर्होनु पर्ने श्रमिकहरु बताउछन् ।
वर्दियाबाट ललितपुरको भट्टामा इटा बनाउने मजदुर अम्रिका प्रसादको १ महिनादेखि बनाएको ईटा सबै विग्रेर काम खेर गएको छ ।
ललितपुर नल्लुका अर्का मजदुर मिल्की डिम्डुङ्गले १२ हजार ईंटा विग्रदा झण्डै १५ दिनको काम खेर गएको बताए ।
३५ हजार ईंटा खेर गएको गोमा रावतको पिडा पनि कम छैन । ‘टाढाबाट काठमाडौं कमाउन आएको हाम्रो बिजोक भयो । उनी भन्छिन्, ‘अब भट्टामा बसेर के खाने होला । बालबच्चालाई के खुवाउने होला ।’

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ९ : २४ बजे