१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरको सेवा अवरुद्ध हुने गरि मेयर गजेन्द्र महर्जनसहितको टोली विदेश भ्रमणमा



मेयर महर्जन र कार्यकारी विदेश भ्रमणमा रहेछन् । उपमेयर अधिकारी पनि मिटिङमा गएकाले भेट भएन । आइतबारपछि आउनु भनेका छन्

ललितपुर
८ भदौं । गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहितको टोली कार्यालयको सेवा अवरुद्ध हुने गरि वाटर एड नामक एक गैरसरकारी संस्थाको खर्चमा विदेश भ्रमणमा गएका छन् ।
गत ३१ भदौमा नगरप्रमुख गजेन्द्र महर्जन, प्रशासकीय अधिकृत प्रवीण कोइरलासहित ५ सदस्यीय जम्बो टोलीलाई स्विडेन लगेको थियो । टोलीमा इन्जिनियरहरु सिताराम कार्की, सुनिल श्रेष्ठ र अनिता बोहरा समेत छन् ।
त्यहाँको ८ दिने भ्रमण सकेर ती टोली जापान जाने नगरपालिकाकी उपमेयर मुना अधिकारीले बताइन् ।
गेदावरी कार्यालयमा मेयर महर्जनसँग काम लिएर आएका एक सेवाग्राहीले मेयर र प्रमुख कार्यकारी नहुँदा काम नहुँदा फर्कनु परेको बताए । नाम नबताउने शर्तमा उनले भने, ‘मेयर महर्जन र कार्यकारी विदेश भ्रमणमा रहेछन् । उपमेयर अधिकारी पनि मिटिङमा गएकाले भेट भएन । आइतबारपछि आउनु भनेका छन् ।’
एक कर्मचारीले नगरपालिकामा मेयर र प्रशासकीय अधिकृत नहुँदा धेरै काम अवरुद्ध भएको बताए । ‘धेरै आयोजनाको यो बर्षबाट चाडै टेण्डर लगाउने कुरा छ । तर उहाँहरु नहुँदा काम गर्न समस्या छ ।’ उनले आफ्नो नाम समाचारमा उल्येख नगर्न अनुरोध गर्दै बताए ।

विदेश भ्रमण आवश्यक नै भएको भए ३ जना इन्जिनियरसहित मेयर र प्रमुख प्रशासकीय अधिकृत सहित जिम्मेवार व्यक्ति लामो समय कार्यालयमा नहुनु गलत भएको ती कर्मचारीले बताए ।
गोदावरी नगरको ५ नम्बर वडामा रहेको महादेव खोलामा खानेपानी ड्याम निमार्णका लागि अध्ययन भ्रमण गर्ने भन्दै टोली त्यसतर्फ लागेको हो । महादेव खोलामा युनाइटेड सिमेन्ट कारखानाले वन कार्यालयको अनुमती लिएर ढुंगा उत्खनन गरहेको छ । कम्पनीले केही स्थानीय र जनप्रतिनिधिको मिलेमतोमा ढुंगा निकाले अवैध रुपमा बिक्रि गर्दा ठूलो मात्रामा जंगल मासिएको छ ।
खानीकै कारण यस स्थानमा खानेपानी अभाव रहेको स्थानीयहरु गुनासो गर्छन् । नगरपालिकाले खानेपानी व्यवस्थापन गर्न प्रदेश सरकारको समन्वयमा योजना अघि सारेको छ ।
यसअघि उपमेयर मुना अधिकारी भारत भ्रमणमा गएकी थिइन् । फोहोर व्यवस्थापनका सन्दर्भमा भारत भ्रमण उपलव्धि मुलक रहेको उनको दावी छ । फोहोर व्यवस्थापनका लागि चापागाँउ पागलवनमा काम गर्ने नगरपालिकाको योजना रहेको उनले बताइन । ५ बर्षअघि स्वीडेन र कम्बोडिया भ्रमणमा गएकी थिइन् ।
उनी २० दिने लामो भ्रमणमा विदेश बसेपछि नगरपालिकाको काममा बाधा पुगेको भन्दै नगरपालिकामा आलोचना भएको थियो ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी आश्विन कुमार पोखरेलले मेयर महर्जन र प्रमुख प्रशासकीय अधिकृत कोइराला भदौं ३१ गतेदेखि भदौं ८ गतेसम्म (१६ अगस्ट देखि २५) विदा स्वीकृत गरेर भ्रमणमा गएको दावी गरे ।
गैरसरकारी संस्थाहरु आफ्नो संस्थागत फाइदाका र नीतिगत सहजता सिर्जना गर्न यसरी कुनै नगर प्रमुख उपप्रमुख र प्रशासकीय अधिकृत लगायतलाई विदेश भ्रमण गराएर फाइदा असुल्ने गरेका छन् ।
जनप्रतिनिधिले गैरसरकारी संस्थाको पक्षमा काम गर्दा जनतामा काममा बाधा पुग्ने गरेको छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ५ : ०४ बजे