१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउ बजारमा ट्राफिक बोर्डको कन्तविजोक



ललितखबर
२२ असार । तीन बर्ष पहिले दक्षिण ललितपुरको सदरमुकामको रुपमा परिचित चापागाँउको प्याङगाँउदेखि टाहाखेलसम्म तत्कालीन वडाध्यक्ष दर्शन विष्टले अव्यवस्थित पार्किङ रोक्न ट्राफिक प्रहरी प्रभाग चापागाँउसँग समन्वय गरेर ट्राफिक बोर्डहरु राखे ।
निरन्तरको मेहनतपछि पनि बजारमा अव्यवस्थित पार्किङ हटेन । स्थानीय व्यापारीको गाडी, ढुंगा रोडाका गाडी र दक्षिण ललितपुरबाट मालबाहक गाडी सडकमै रोक्ने क्रम रोकिएन ।


यहाँ ट्राफिक नियमको पालना त परको कुरा ट्राफिक बोर्डको हालत नै कन्त विजोक रहेको भेटिएको छ । व्यवस्त बजारमा रहेका पार्किङ निषेधको बोर्डहरु ठाँउ ठाँउमा उल्टो झुण्ड्याइएको छ । धेरै ठाँउको ट्राफिक बोर्ड झिकेर फ्याक्दा डण्डी मात्रै गाडिएको देखिन्छ । कतिपय ढलेका छन् भने गाडेको अवस्थामा बाङगिएर ढल्न लागेको देख्न सकिन्छ ।
आजकल गाँउ गाँउमा स्थानीय सरकार हुँदा पनि मध्यबजारमा कन्त विजोक देखिएको छ । ट्राफिक प्रहरी प्रभाग चापागाँउका प्रमुख रामनारायण श्रेष्ठले कान्तिलोकपथ भत्केको र मर्मत भइरहेकाले त्यसतर्फ काम हुन नसकेको बताउछन् । उनले ललितखबरसँग भने, ‘टाहाखेलदेखि चिवहालसम्म ट्राफिक व्यवस्थापनका लागि संरचना निर्माण गर्न वडा कार्यालयहरुसँग समन्वय भइरहेको छ । आउँदो आर्थिक बर्षमा काम हुन्छ ।’


यहाँको साधुरो बाटोमा मालवाहक र यात्रुबाहक गाडी रोक्दा यात्रुलाई समस्यामा छन् । जनप्रतिनिधि र ट्राफिक कार्यालयले व्यवस्थापन नगर्दा चापागाँउमा सडक जाम हुने समस्या बढ्दो छ । यस सन्दर्भमा कुरा गर्न खोज्दा गोदावरी १० का वडाध्यक्ष शेखर न्यौपानेसँग सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ५ : १८ बजे