१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका गाँउदेखि शहरसम्मका सडकहरुमा समस्यै समस्या



ललितखबर
२७ असार । गत माघ महिनामा संसद बैठकमा ललितपुर ३ कि सासंद डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र हेपिएको मात्रै होइन राज्यको दृष्टिमै नपरेको भन्दै गुनासो गरिन् । उनले यहाँका सडक पानी परे हिलो घाम लागे धुलो उढ्ने समस्या रहेको सुनाइन् । उनको चुनिखेल फर्सीडोल सडक ५ बर्षदेखि अलपत्र परेको,सातदोवाटो चापागाँउ सडक मुआव्जाका कारण विस्तार नभएको र भैसेपाटी सडक अलपत्र रहेकोमा असन्तुष्टि थियो ।
तर ६ महिना वितिसक्दा समेत सासंद डा कार्कीको मागको सम्बन्धमा भैसेपाटी सडकबाहेक अरु ठाँउमा कुनै प्रगती भएन ।

शंखु बुखेल सडक ।

हुन त ललितपुरमा केन्द्रिय सरकारमा प्रभाव भएका जनप्रतिनिधि नभएका होइनन् । अर्थराज्यमन्त्री समेत भइसकेका ललितपुर १ का सासंद उदयशम्सेर राणा दक्षिण ललितपुरको सडक सञ्जाल निर्माणमा सरकारले धेरै खर्च गर्नु पर्नेमा त्यसो नभएको भन्दै ललितपुरमा आयोजित एक कार्यक्रममा गुनासो गरे । यद्यपी दक्षिण ललितपुरको लेले चन्दपुरको सडकमा १८ करोडको बजेट परेको र कान्तिलोकपथमा २५ करोडको बजेट परेको भन्दै राणाले सन्तोष व्यक्त गरे । ललितपुरमा १ अरवभन्दा धेरै रकमको ठेक्का चलिरहेको र पछिल्लो समय काभ्रे, ठुलादुर्लुङ, धरान चतरा सडक निर्माण गर्न केन्द्रले योजना ल्याएकोमा खुशी व्यक्त गरे ।

फ्लाइओभर बन्दै गरेको ग्वार्को सडक ।

शहरी विकाशमन्त्री सिता गुरुङ दक्षिण ललितपुरको लेले पुगेको र निकै दुर्गम गाँउ देखेको बताउछन् । उनी भन्छिन् यहाँ सडकको समस्या धेरै रहेछ । गाँउको जनजीवन कष्टकर रहेछ ।
जिल्ला समन्वय समितीका प्रमुख ऋषिदेव फुँयाल ललितपुरको गाँउदेखि शहरसम्मका सडकमा समस्यै समस्या देख्छन् । ग्वार्को, सातदोवाटो र एकान्तकुनामा एकै पल्ट फ्लाईओभर बन्नु पर्नेमा ग्वार्कोको फ्लाई ओभर ६ महिनामै डिजाइन परिवर्तन गर्नु पर्ने अवस्था आएको भन्दै दुःख व्यक्त गरे । उनले शहरको सडकमा जाम बढेको र गाँउमा सडकमा हिलो र धुलो रहेको समस्या राखे ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ४ : ३२ बजे