८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल भारत लगानी एक्सपो हुने


२१ चैत्र २०७५, बिहिबार  

0
Shares

लपु संवाददाता

२१ चैत्र ०७५, काठमाडौं । नेपाल उद्योेग वाणिज्य महासंघ (एफएनसीसीआई) तथा एम÷एस फ्रान्चाइजसँगको सहयोगमा काठमाडौं स्थित भारतीय राजदूतावासले २०७६ जेष्ठ १ र २ गते होटल याक एण्ड यतीमा “नेपाल–भारत फ्रान्चाइज लगानी एक्सपो तथा कन्क्लेव” आयोजना गर्दैछ ।

ब्रान्ड उपभोगको मामिलामा कन्जुस्याइँ गर्न नहिच्किचाउने आकांक्षी नेपाली उपभोक्ताहरुका कारण नेपाली अर्थतन्त्रलाई टेवा पु¥याउँदै आएको छ । नेपालमा रहेका व्यवसायहरुले यस्ता लक्षित उपभोक्ताको आकांक्षालाई पूर्ति गर्न जरुरी छ र यस्ता किसिमका कन्क्लेवले भारतका प्रमुख ब्रान्डहरुलाई नेपालमा ल्याउन मद्दत गर्दछ । यस्ता ब्रान्डहरुको प्रवेशले नेपालमा लगानी मात्र नभर्ई प्रविधि तथा व्यवसायीक ज्ञान तथा दक्षतालाई पनि भित्राउन सहयोग गर्दछ ।

नेपालमा व्यवसायीक साझेदारीका निमित्त भारतका करिब ७०–८० प्रमुख तथा प्रख्यात ब्रान्डहरु यस कन्क्लेवमा सहभागी हुने अपेक्षा गरिएको छ । रिटेल, फेशन, शिक्षा, आतिथ्य एवम् खाद्य तथा पेय पदार्थ जस्ता क्षेत्रहरुमा सक्रिय केही मुख्य ब्रान्डहरुले उक्त सम्मेलनमा सहभागीता जनाउने पक्का भइसकेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ९ : ४१ बजे