१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बिन्ध्यबासिनीले गर्यो बिद्यार्थिलाई स्वागत


१६ बैशाख २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
१५ वैशाख ०७६रोशी काभ्रे । काभ्रे जिल्ला रोशि गाउपालिका ९ को बिन्ध्यबासिनी स्कूलले बिद्यालयमा भर्ना भएका दर्जनौ बिद्यार्थीहरूलाइ स्वागत गरेको छ । बिद्यालयका प्रधानाध्यापक डिल्ली प्रसाद रेग्मीले टिका र खादा लगाई विद्याार्थीहरुलाई स्वागत गरेका हुन् ।
स्वागतम कार्यक्रममा बोल्दै रेग्मीले भने, ‘अहिले ग्रामिणका सामुदायिक बिद्यालयमा बिद्यार्थीको संख्या कम भएको अबस्थामा आफ्नो बिद्यालयमा ३ सयको हाराहारीमा बिद्यार्थी भएकोमा हामी खुशी छौं ।’ उनले बिद्यालय काभ्रे जिल्लाको सामुदायिक बिद्याहरूमध्ये उत्कृष्ट ३ भित्र परेको भन्दै बिद्यालयका शिक्षकहरूलगायत अभिभाबकहरूलाई धन्यबाद दिए ।


कक्षा १० सम्म पठन पाठन हुने यस बिद्यालयमा कक्षा छ सम्म कक्षा शिक्षण माफत् पढाई भइरहेको छ । कक्षा एकबाट अङ्गग्रेजी माध्यमबाट शुरू गरी हाल कक्षा ३ सम्म पुर्याईएको छ । झट्ट हेर्दा निजी बिद्यालयका जस्ता लाग्नेसबै बिद्यार्थीलाई सट पाईन्ट टाई बेल्ट र हाउसको अनिबार्य गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : ०१ बजे