१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल संघीय समाजवादी पार्टीद्वारा भत्र्सना


७ जेष्ठ २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
७ जेठ०७६, काठमाडौं । पुर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको आरोप लगाउँदै भत्र्सना गरेको छ । अध्यक्ष अन्सारीले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले दुई तिहाईको दम्भ देखाउँदै राज्यको चौथो अंग मिडियामाथि प्रतिबन्ध र अंकुश लगाउने नियतले संसदमा मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएको आरोप लगाएका छन् ।
विधेयक मिडियामाथिको दमन र सार्वभौम सम्पन्न नागरिकको आवाज उठाउने सशक्त माध्यमलाई नियन्त्रण गर्न खोज्नु अधिनायकवाद तर्फ उन्मुख हुनु रहेको ठहर नेपाल संघीय समाजवादी पार्टीको छ । सरकारले मानव अधिकार आयोगमाथि नियन्त्रण गर्न खोज्नुका साथै नेपाली सेनालाई प्रधानमन्त्रीको मातहतमा राख्न खोज्नु हदैसम्मको सर्वसत्तावादी निरंकुशताको पराकाष्टा रहेको ठहर पार्टीले गरेको छ ।
अधिनायकवाद उन्मुख सरकारको उक्त कदमको नेपाल संघीय समाजवादी पार्टीले घोर भत्र्सना गर्दै सो कदमलाई तत्काल रोक्नका लागि सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  १० : २१ बजे