
ः प्रतिष्पर्धीहरुद्धारा ताज फिर्ता, लागेको जनही १ लाख ५० हजार फिर्ता गर्नुपर्छ
‘नायिका पूजना प्रधानले आमाहरुको सौन्दर्य प्रदर्शन गराएर आत्मसम्मानमा चोट पुर्याएको आरोप’
३ जेठ ०७६, काठमाडौं। गत बैशाख २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको ‘द सुपर मम’ नामक प्रतियोगितामा आयोजकले धाँधलीपूर्ण, अपमानजनक व्यवहार र पक्षपाती ढंगले निर्णय गरि आफूहरुको आत्मसम्मानमा ठेस पु¥याउने काम गरेको भन्दै प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुले गम्भिर आरोप लगाएका छन् । उनीहरुले पाएको ताज तथा मेडल समेत आजै फिर्ता गरेको घोषणा गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी दश जना प्रतियोगीहरुले एकै स्वरमा यस्तो दाबी गरेका हुन् । नायिका पुजना प्रधानले आयोजना गरेको उक्त प्रतियोगितामा पैसाको चलखेलमा निर्णयकर्ताको निर्णयलाई बेवास्ता गरी मनोमानी ढंगले निर्णय गरेको उनीहरुको आरोप छ । उनीहरुकाअनुसार उक्त प्रतियोगितामा १६ जना प्रतिष्पर्धीहरु सहभागी थिए ।
निर्णयकर्ताहरुको निर्णयलाई बेवास्ता गरि आयोजक पूजना प्रधानले एक्लैले के उद्देश्यका लागि निर्णय गरिन् ? भन्दै उनीहरुले प्रश्नसमेत तेर्साएका छन । उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘७ जना निर्णयकर्तामध्येबाट पनि ३ जनाको निर्णयलाई हामी आमाहरुसमक्ष किन ल्याईएन ?’ आएका निर्णयहरुपनि तलमाथि गरि नम्बर घटाउने र बढाउने काम गरेको पुष्टि हुन आएको पनि उनीहरुको दाबी छ ।
आफूहरुले निर्णय माग्दा आयोजकबाट उल्टै हातपात तथा गालीगलौजको प्रयास भएको भन्दै उनीहरुले गम्भिर असन्तुष्टि पोखे । आयोजक प्रधान र उनकी आमाले उक्त प्रतियोगितालाई सुनियोजित, प्रायोजित र षड्यन्त्रमूलक ढंगले पहिलो र तेस्रो बनाउने पूर्व योजना भएको पनि खुल्न आएको उनीहरुको दाबी छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सहभागीमध्येकी एक र प्रतियोगितामा सेकेण्ड रनरअपको ताज पाएकी र हाल ताज फिर्ताको घोषणा गरेकी अमृता शर्माले प्रतियोगिता नै धाँधलीपूर्ण र पक्षपाती भएकोले आफूहरुले पाएको ताजसमेत फिर्ता गरेको स्पष्ट पारिन् । उनले भनिन्,‘यो प्रतियोगिता समाजभित्र पिल्सिएर बसेका महिलाहरुलाई सशक्त बनाउनु थियो । तर, आयोजकको तर्फबाट महिलाहरुको भावनामाथि खेलबाड गर्ने प्रयास भयो । हामीहरुलाई सौन्दर्यको वस्तु बनाईयो । यसमा हाम्रो गम्भिर आपत्ति छ ।’
शर्माले आयोजकले आफूहरुलाई गुमराहमा राखी निर्णयकर्ताहरुको निर्णयसलाई समेत अवमूल्यमन गरेको गुनासो पोखिन् । उनले थपिन्,‘निर्णर्यकर्ताहरुको निर्णयलाई लुकाइएको कुरा हामीसँग प्रमाण सुरक्षित छ । अहिलेसम्म सायद नेपालमै यस्तो धाँधली र पूर्व सुनियोजित तवरले प्रतियोगिता भएको छैन होला । आखिर, पूर्व तयारीअनुसार नै विजेता बनाउने हो भने प्रतियोगिताको आयोजना गर्नुको के महत्व हुन्छ ?’्
शर्माले आफूहरु आयोजकबाट ठगिएपनि अब आईन्दा आफूहरुजस्तै अरु आमाहरु नठगियुन भन्ने हेतुले बाध्य भएर आफूहरुले आयोजको ज्यादती र मनोमानीको भण्डाफोर गरेको स्पष्ट पारिन् ।
पुजना प्रधानले आफूहरुजस्ता आमाहरुलाई सौन्दर्य प्रदर्शन गराई गलत फाईदा उठाई कमाउ धन्दामा लागेर अयोग्य र असक्षम प्रतियोगीलाई ताज जिताउन दुवैबीच आर्थिक सम्झौता भएको पनि आफूहरुले पेश गरेको कागजजातले पुष्टि गरेको प्रतियोगितामा सहभागी प्रतिष्पर्धी निलम श्रेष्ठले दाबी गरिन् ।
प्रतिक्रिया