१ असार २०८२, आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ग्राण्ड एकेडेमीद्वारा महाकालेश्वरीलाई सहयोग


९ जेष्ठ २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
९ जेठ ०७६,ललितपुर । ग्राण्ड एकेडेमी स्कूल, सातदोबाटो, ललितपुर र महाकालेश्वरी आधारभूत विद्यालयबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ललितपुर महानगरपालिकाकी उपमेयर प्रमुख गीता सत्यालको समेत सहभागिता थियो । ८० प्रतिशत भन्दा बढि विद्यार्थीहरुले विद्यालयमा पढाई बिचमै छाड्ने गरेको जानकारी पाएपछि त्यो विद्यालयलाई अँगालेर पहिलो चरणमा शैक्षिक जनशक्ति, शैक्षिक सामाग्री, तालिम लगायत अत्यावश्वक सामाग्रीहरु प्रदान गरी सहयोग गर्ने निर्णय गरेको ग्राण्ड एकेडेमीका प्रध्यानाध्यापक सिमा राईले बताउनुभयो । ललितपुर महानगरपालिकाकी कार्यवाहक प्रमुख गीता सत्यालले विद्यालयको सहयोगी भावनाको कदर गर्दै समावेशी शिक्षालाई नेपालमै पहिलोपल्ट प्रयोगमा ल्याउन आफूले सक्दो सहयोग गर्ने वताइन् । शिक्षा क्षेत्रमा ग्राण्ड एकेडेमी निकट भविश्यमा ललितपुरको नमुमा विद्यालय हुने उप मेयर सत्यालले धारणा थियो । विद्यालयका शैक्षिक संयोजक हरिप्रसाद सञ्जेलले शैक्षिक सुधार र सहयोगबारे विद्यालयको आगामी योजनाहरु को बारेमा जानकारी दिएका थिए । कम शुल्कमै पनि विद्यार्थी तथा अभिभावकहरुलाई धेरै भन्दा धेरै सुविधा दिएको र आगामी दिनमा पनि नयाँ नयाँ प्राविधिक कुराहरु थप्दै जानेमा जोड सञ्जेलको जोड थियो ।

मिस नेपाल वल्ड अनुष्का श्रेष्ठले दुइ वर्षको छोटो अवधिमै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरको पुरस्कार जित्न सफल भएकोमा ग्राण्ड एकेडेमी तथा यसका प्रधानाध्यापकलाई बधाई तथा शुभकामना दिइन् । कार्यक्रमा विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुतिहरु पनि रहेको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।