१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिरहाको औरहीमा खानेपानी ओभरहेड टयांककको शिलान्यास


१३ जेष्ठ २०७६, सोमबार  

0
Shares

महेश सिंह महतो
१३ जेष्ठ ०७६, सिरहा लहान । सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दह्ैया र हरकटटीमा राम जानकी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत खानेपानी ओभरहेड टयांकीको आइृतबार एक कार्यक्रमम बिच शिलान्यास गरीएको छ ।
औरही गाउँपालिका वडा नम्बर १ दह्ैया र हरकटटीकका ६ सय ८४ घरधुरीलाई यसबाट खानेपानीको सेवा तथा सरसफाईमा समेत टेवा पुग्ने भवानी एकिकृत विकास केन्द् भवानीपुर्रका अध्यक्ष दिपेश कुमार चौधरीले बताएका छन ।
फन्डबोर्डको आर्थिक सहयोग र भवानी एकिकृत विकास केन्द्र भवानीपुर सिरहाको समन्वय सहयोगमा सो शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । फन्डबोर्डका बोर्ड मेम्बर सहदेव बोगटी र संजीव कुमार यादवले संयुक्त रुपमा सो शिलान्यास गरीएको हो । टयांकी निर्माणको लागी जन श्रमदानबाट २० लाख र बोर्डबाट ७१ लाख गरी जम्मा ९१ लाखको लागत रकम रहेको केन्द्रका अध्यक्ष चौधरीले बताएका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  १० : ४३ बजे