६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विधार्थीलाई छुट नदिएको विरोधमा रिट


१३ जेष्ठ २०७६, सोमबार  

0
Shares

महेश सिंह महतो
१३ जेष्ठ ०७६, सिरहा । नेपाल सरकार र यातायात व्यवस्था विभाग र विधार्थी संघ बिच त्रिपक्षिय सम्झौता अनुसार सबै प्रदेशमा विधार्थीहरुलाई सवारी साधनमा छुट दिए पनि प्रदेश न २ मा बिद्यार्थीहरुलाई सार्वजनिक यातायातमा सम्झौता अनुसारको छुटको ब्यावस्था नभएको गुमस्ताकुमार यादवको हस्ताक्षरित रिट निवेदनबाट जानकारी प्राप्त भएको छ ।
मिति २०७६ बैशाख महिनाको २९ गतेमा सिरहा सुखिपुर नगरपालिका ३ कुशहा बस्ने गुमस्ता कुमार यादव बिद्यार्थीहरुको तर्फबाट यो रिट निवेदन काठमाडौस्थित यातायात व्यवस्था विभाग ,मिनभवनमा बुझाएको थियो । जसमा सुनुवाई भए अनुसार नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मंत्रालय यातायात व्यवस्था विभाग मिन भवन काठमाडौंको पत्र संख्या २०७५।७६ चलानी नम्बर १६८२ को पत्रानुसार सार्वजानिक सवारी साधनमा विधार्थीलाई छुट सहुलियत दिने भौतिक पुवाधार विकास मन्त्रालय प्रदेश नम्बर २ जनकपुरधामलाई पत्राचार गरीएको २०७६।०२।१२ को पत्रबाट जानकारी प्राप्त भएको छ ।
प्रदेश २ मा विधार्थीहरुले सवारी साधनमा सहुलियत छुट नपाएको भन्दै गुनासो बढी रहेको बेला केन्द्रिय विभागबाट प्रदेश २ मंत्रालयमा कारबाहीको आदेशअनुुारको पत्रमा मंत्रालयको शाखा अधिकृत लेवन काश्यप अधिकारीको हस्ताक्षरीत पत्रबाट जानकारी भएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  ९ : ४४ बजे