१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गीति चलचित्र भाग्य सार्वजनिक


२० जेष्ठ २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
२० चैत्र ०७६, रौतहट । नेपाली कथानक गीति चलचित्र भाग्यको रौतटहको चन्द्रनिगाहपुरस्थित ब्रो–सिस डिजिटल सिनेमा हलमा विशेष च्यारीेटी सो गरिएको छ । चलचित्र आजभन्दा करिब सय बर्ष पहिलाको ऐतिहासिक परिवेशमा गरिवी र अभावमा पिल्सीएका परिवारको अमर–प्रेम कथा, दुखको चित्रण गरिएको छ । चलचित्र कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको चर्चित कृति गीति नाटक भाग्य भित्रको कथा समेटिएर निमार्ण गरिएको साहित्यकार महर्जनले बताए । उनले सो कृति तयारी गर्न २५ बर्ष समय लागेको जानकारी दिए । फिल्मको रूप दिन मात्रै तीन वर्ष लागेको थियो । चलचित्रको विशेष च्यारीटी सो गर्नकालागि काठमाण्डौबाट भाग्य चलचित्रको लेखक स्वयं कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन अमर, निर्देशक रोशनकुमार, कार्यकारी निमार्ता दिनेश जंग खड्का, कलाकार प्रकाश श्रेष्ठ तथा संगीतकार एवं गायक सुर्य कमल राई दनुबार कार्यक्रमको प्रतिनिधित्व गर्दै रौतहट पुगेका थिए ।

विशेष च्यारीटी सो मा प्रमुख अतिथि रौतहट क्षेत्र नं ४ का प्रदेश सभा सदस्य धनलाल ठोकर, संचारकर्मी संजय कार्की, जितेन्द्र सिहदनुवार, सागर हुमागाई, स्थानिय समाजसेवी कर्ण लामा, बिकिथापा, विद्यार्थी नेता सुर्य बहादर थापा, श्यामहरी चौलागाई, स्ववियु सभापति संगम श्रेष्ठ, मातृभुमि विकाश नेपालका अध्यक्ष सन्तोष काफ्ले लगायतबाट चलचित्र मौलिक, नारी संवेदनात्मक, जिन्दगीमा घट्ने घटना, सबैको मन छुने, धेरै बर्ष पुरानो कथामा मार्मिक तथा ऐतिहासिक रहेको प्रतिकृया दिए । चलचित्रमा चर्चित कलाकारहरू निता ढुंगाना, यसराज गराज, सुनिल कटुवाल, पूर्णिमा लामा,अदिती श्रेष्ठ, सानु ताम्राकार, प्रकाश श्रेष्ठ, कृष्ण भट्टराई, ईश्वर फुयाँल, सुरेन्द्र महर्जन, राजु श्रेष्ठ लगाएतको भुमिका लाई देख्न सकिन्छ । सो चलचित्र जय मातृभुमि सिनेमा एण्ड कृयशन प्रा. लि को ब्यानरमा सरिता महर्जनले निमार्ण गरेकी हुन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ८ : ५५ बजे