महेश सिंह महतो
२३जेठ ०७६, सिरहा । सिरहाको सखुवानन्कारकट्टी ४ मा सडक मर्मत सभार उपभोक्ता समितिका सचिव शैलेन्द्र यादवले छिमेकीको घर भत्काएका छन् ।
सडकलाई १८ फिट चौडाई गर्ने क्रममा सचिव यादवले जगन्नाथ झाको निर्माण हुन लागेको घरको जँग र पिलर जिसिबी लगाएर भत्काउन लगाएका हुन् । उपभोक्ता समितिका अध्यक्ष आशाराम यादवका अनुसार स्थानीय र उपभोक्ता समिति मिलेर कसैको घर नभत्काउँने भनेर निर्णय गरिएको थियो । तर, हाम्रै सचिव निर्णय विपरित उनको घरको जँग र पिलर भत्काइदिनु भएको छ । उनले भने । जगन्नाथ घरमा नभएको बेला सचिव यादवले उनको घर परिवारलाई गालीगलौज गर्दै घर भत्काएको वताइएको छ ।
सचिव यादवको जग्गा झाको ठीक अगाडिपट्टि रहेको र तीन महिना पहिले सचिव यादवको ट्रायक्टरले झाको घरको एउटा पिलर भत्काएका थियो । त्यो पिलर बनाउँन सचिव यादवलाई पटक पटक ताकेता गर्दा यादवले बनाइदिएका थिएनन् । सोही निहुँ खोज्दै सचिव यादवले उनको घर भत्काएको पीडित झाको दावी छ । घटना जेठ १६ गते भएपनि पीडित झाले आफु न्याय पाउँनको लागि ईलाका प्रहरी कार्यालयमा उजुरी निवेदन दिन जाँदा हालसम्म दर्ता नगरिएको पीडित झाले बताए । उनका अनुसार घर भत्काउँदा अर्थात बाटो फराकिलो गर्दा पूर्व सूचना दिनुपर्नेमा दिइएको थिएन । त्यो सूचना समेत नदिई घर भत्काएको छ । व्यक्तिगत रिसिवीको कारण घर भत्काएको पीडित झाको दावी छ ।
प्रतिक्रिया