३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


तपाईलाई डिप्रेसन भयो कि ? यस्ता हुन्छन् लक्षण


२३ जेष्ठ २०७६, बिहिबार  

0
Shares

 

ललितपुर

बढ्दो व्यस्त जीवन,शहरिया जीवनशैली,तनावपूर्ण दैनिकी र नकारात्मक सामाजिक सोचका कारण हाम्रो मनोविज्ञानमा हलचल पैदा भइरहेको छ । शहरको भीडमा बाँचिरहेको मानिस आजकल एक्लो झै महसुस गर्न थालेको छ । तनावपूर्ण भागदौडमा मान्छेको जीवन वित्दै छ । बढ्दो महँगीका कारण मानवीय आवश्यकत्ता परिपूर्ति हुने अवस्था छैन ।
डिप्रेसन महिला,पुरुष जोकोहीलाई पनि हुनसक्छ । डाक्टर इन्जिनियर शिक्षक पत्रकार नेता वा खेती किसानीदेखि उद्योग व्यावसाय गर्ने जो कोहीलाई हुनसक्छ ।
डिप्रेसनको जड असफलता हो । उच्च महन्वाकाक्षा राख्ने व्यक्तीलाई डिप्रेसन हुने सम्भावना धेरै हुन्छ । साना सफलतामा रमाउने , तनाव नलिने, समय समयमा विश्राम गर्ने मनोरञ्जन र पारिवारिक जमघटमा समय विताउने हो भने डिप्रेसनले शरिरमा छुँदै छुँदैन ।
लक्षण

दिक्दारी असफलता र निराशापनले आजकल समाजमा गम्भिर मानसिक रोगहरु देखा परिरहेका छन् । यस्तै सामाजिक परिघटनाका कारण मानिस निराश देखिने, दिक्दारी मान्ने,एकान्त रोज्ने हुन्छ । मान्छेहरुको भीडमा पनि एकान्त झैं लाग्छ । मान्छेहरु बोल्दा झर्को लाग्छ । निरन्तर पश्चताप र छट्पटी लाग्छ आत्माविस्वास घट्छ । एकान्तमा बस्न मन लाग्छ । नकारात्मक कुरा मात्रै मनमा आउछ । खाना रुच्दैन । निन्द्रा पर्दैन ।
कामै गर्न मन लाग्दैन । अक्ष्छी लाग्छ । म यो काम गर्न सक्दिन होला जस्तो लाग्छ । हात गोडा गल्छ । झमझम गर्छ । सुत्न मन लाग्छ । टाउको भारी हुन्छ ।
के गर्ने ?

यस्तै हुन्छ भने एक पटक मनोचिकित्सक कहाँ परार्मस गर्न जानु पर्छ । डिप्रेसन सामान्य रोग हो । उपचार गरे निको हुन्छ ।
डिप्रेसन लागेको थाहा पाएपछि मान्छे मलाई डिप्रेसन भयो अव म बर्वाद भए । म अव पागल बन्छु होला जस्ता कुराहरु सोच्छन् । तर त्यस्तो केही होइन । पहिलो चरणको डिप्रेसन एउटा सामान्य रोग हो । साना साना कुराहरुमा ध्यान दिने हो भने यो रोग चाडै निको हुन्छ ।
डिप्रेसनका विरामी तनावपूर्ण काम गरिरहेको छ भने त्यो कामबाट सबैभन्दा पहिले छुटकारा दिनु पर्छ । तनावपूर्ण वातावरणबाट टाढा रहने हो भने डिप्रेसन रोग आधा घढ्छ ।
डिप्रेसनको रोगीलाई डिप्रेसन लागेको छ भन्ने कुरा थाहा नदिई उपचार गर्नु राम्रो हुन्छ । डिप्रसन लागेको मान्छेलाई एकान्तमा रमाउने बानी छुटाउनु पर्छ । विस्तारै हासखेल गराउने, मनोरञ्जनमा भुलाउने, कसरत गराउने गर्नु पर्छ । रोगीलाई दुःखी बनाउने वातावरणबाट अलग गराउनु पर्छ । नकारात्मक वातावरणबाट टाढा राख्नु पर्छ ।
डिप्रेसनबाट ग्रस्त व्यक्तिलाई निराश बनाउने बस्तुहरुबाट ढाटा राख्नु पर्छ । उसलाई सधै उत्प्ररणा दिने उसका सकारात्मक कामको प्रशंशा गर्ने गर्नु पर्छ । डिप्रसनमा परेका व्यक्तिलाई काममा व्यस्त गराउदा रोग चाडै निको हुन्छ ।
विरामीलाई झगडा भएको ठाँउमा राख्नु हुँदैन । पारिवारिक सम्बन्धहरु सुमधुर बनाउनु पर्छ । उसको क्षमता परिक्षण गर्ने क्षमताको प्रशंशा गर्ने,रमाइलो वातावरण श्रृजना गर्ने र रमाइलो ठाँउमा मात्रै घुमाउने गर्नुपर्छ ।
उपचार
विरामीलाई ओषधिसँगै जनजीवन सामान्य ढंगले विताउने वातावरण गर्नु पर्छ ।
मनोचिकित्सक सँग सल्लाहपछि नियमित औषधि खानु पर्छ । औषभि ६ महिनादेखि १ वर्षसम्म खाने हो भने ािरामी सामान्य अवस्थामा आउछ ।
औषधि खान थालेको केही दिनसम्म औषधिले छुदैन । दुई हप्तापछि विरामीको व्यावहार फरक देखिन थाल्छ । जाँगरिलो हुने हाँसखेलमा रमाउने जस्ता लक्षणहरु देखा पर्छन् ।
यस्तो बेलामा विरामीलाई घर परिवारले सघाउनु पर्छ । उसलाई सकारात्मक उर्जा भर्ने जिम्मेवारी परिवारको हो । परिवारले सहयोग गरेन भने डिप्रेसनले गाँज्दै लान्छ । अनि गम्भिर मानसिक रोगहरु देखा पर्छन् । बेलैमा ध्यान दिऔं नत्र वर्वाद हुन्छ ।
यो सामाग्री विभिन्न अनलाइनहरुका सहयोगमा तयार पारिएको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  ११ : २० बजे