
लपु संवाददाता
३० जेठ ०७६,ललितपुर । प्रदेश र गोदावरी नगरपालिकाले विनियोजन गरेको बजेटबाट सञ्चालित योजनाहरुको प्रदेश साासंद चेतनाथ संजेल र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र इन्जिनियरहरुको टोलीले अनुगममन गरेको छ ।
प्रदेश सांसद सञ्जेलको संसद विकास कोषबाट सञ्चचालित पीआईए पार्क–नल्लु भन्ज्यांग सडक, छम्पी इटाहिटी–डुकुछाप सडकको निरिक्षण गरिएको हो । यी योजनाहरुको पारदर्शी रूपमा काम गर्न सांसद सञ्जेल र कार्यकारी अधिकृत जैशीले समिति र ठेकेदारहरुलाई निर्देशन दिए ।
टोलीले छाम्पीको गणेश आधारभूत विद्यालय, निर्माणाधीन सामुदायिक भवन, डुकुछापको महिला सामुदायिक भवन र डीप बोरिङ्गको पनि अनुगमन ग¥यो ।
प्रतिक्रिया