लपु संवाददाता
३० जेठ ०७६, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा प्रत्येक महिनाको अन्तिम विहिवार आयोजना गरिने शान्ति काव्य प्रवाह शृङ्खलाको ८० औँ कार्यक्रम २०७६ जेठ ३० गते काठमाण्डौँमा सम्पन्न भएको छ । समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न काव्य प्रवाहको सञ्चालन कोषाध्यक्ष रामकृष्ण बरालले गरेका थिए । शान्ति काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, डा. जीवन अधिकारी, मदन कार्की, रत्ननीधि रेग्मी, मेनुका पोखरेल आचार्य, ऋचा, मञ्जुश्री प्रधान, कल्पना काफ्ले, शर्मिला कार्की, शान्ति रिसाल, दुर्गा वनवासी, सुमी लोहनी, कुशुम शर्मा, उर्मिला पन्त पाण्डेय, पुनम घिमिरे, रुद्र अधिकारी, प्रकाशमणी दाहाल, राजेन्द्रप्रसाद ढुंगाना, जसध्वज गुरुङ, जनार्दन अधिकारी, भुवन शिवाकोटी, बाबुराम लामिछाने, अच्युतप्रसाद पौडेल, गगनदीप सर्व, निर्मल पराजुली, रविन्द्र आशिष शैली, टि एन भट्ट, नमराज घिमिरे, मुकुन्द न्यौपाने, डिल्लीप्रसाद मूलतिहुन, रविन्द्र ढुङ्गेल, बलराम सापकोटा, ओमप्रसाद कोइराला, कृष्ण पहाडीसहित ३४ जना कविहरुले कविता, मुक्तक, गजल प्रस्तुत गरे । कार्यक्रममा पशुबलि प्रथा अन्त्य गर्न आह्वान गरिएको कवि राजेन्द्र ढुंगानाले पनि कविता वाचन गरे ।
३१ जेष्ठ २०७६, शुक्रबार
0
Shares
प्रतिक्रिया