१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिरहामा सिपमुलक तालिम


३२ जेष्ठ २०७६, शनिबार  

0
Shares


महेश सिंह महतो
३२ जेठ ०७६, सिरहा । महिलाहरुलाई रोजगार बनाउन भन्दै सिरहाको भोटिया टोलमा एक दिने सिपमुलक तालिम दिइएको छ । दक्षिण एसियाका भारत,बग्लादेश,जपान,नेपालमा धान बालीपछी खाली जमिनमा दलहनबाली सघनिकारणद्वारा खाद्य तथा पोषण सुरक्षा र जिबिकोपार्जनमा सुधार ल्याउन महिलाहरुलाई मुसुरो दालबाट बन्ने विभिन्न किसिमको परिकारहरु बनाउने एक दिने सिप मुलक तालिम सिरहाको भोटिया टोलमा दिइएको हो । दलहन बालीको मुसुरोबाट बनाउन सकिने परिकारहरु मध्ये विशेष महत्वको साथै दालमोट, निम्किन बनाउने सिकइएको थियोे । तालिममा जम्मा ३२ जना महिलाहरुको सहभागीता रहेको फर्वाड नेपालको जिल्ला प्राबिधिक अधिकृत सुदर्शन बिष्टले जानकारी दिनुभयो ।
कार्यक्रममा फर्वाड नेपाल तराईको जिल्लाहरुमा विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा फर्वाड नेपालको प्रतिनिधि सरिता चौधरी, लक्ष्मि चौधरी लगायतका सहयोगीहरुको सहभागिता रहेको बिष्टले जनाए । सहभागी रिता कुमारी चौधरी ले भनिन, ‘ यो तालिम लिएपछि अब हामी घरमै बसेर रोजगारीमुलक काम गर्न सक्षम भयौं ।’

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार  ८ : ५३ बजे